|

काठमाडौं : किरात समुदायको चाड उभौली बिहीबारबाट सुरु भएको छ। ललितपुरको हात्तीवनस्थित धार्मिक स्थलमा विधिवत पूजाआजासहित एकमहिने चाड मनाउन सुरु गरेका हुन्। यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन्।

यो चाड कृषि कर्ममा आधारित भएर मनाउने गरिएको एक विशेष चाड हो। वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा त्यसैगरी पुजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ।

वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न बैशाखमा लेकतिर जाने भएकाले 'उभौली' र मंसिरमा जाडो छल्न लेकतिर बेसी सर्ने भएकाले 'उधौली' भन्ने चलन छ।

उधौलीको दिन 'नोक्छो'अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.