|

काठमाडौँ : प्रथम सिएच आइटिएफ एशियन आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप शुक्रवार शुरु हुने भएको छ।

नेपाल चाङ हुन अन्तरराष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा शुक्रवार ललितपुरमा तीनदिने च्याम्पियनसिप हुन लागेको हो। 

सातदोबाटोस्थित कराते हलमा च्याम्पियनसिपका खेल हुनेछन्। बिहीवार आयोजकले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। 

आयोजक नेपालसहित मलेशिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका र सिंगापुरका खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्। 

करिब २ हजार ५ सय खेलाडीले ८५ स्वर्ण तथा ८५ रजत र ११६ कांस्य पदकका लागि प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ।

शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले ट्रफी पाउनेछन्। प्रतियोगितामा स्पाइरिङ र कातामा प्रतिस्पर्धा हुनेछन्। 

पुरुषको स्पाइरिङतर्फ जुनियरमा २० केजीमुनि, २१ देखि २६ केजीमुनि, २७ देखि ३२ केजीमुनि, ३३ देखि ३८ केजीमुनि, ३९ देखि ४४ केजीमुनि, ४५ देखि ५० केजीमुनि, ५१ देखि ५६ केजीमुनि, ५७ देखि ६२ केजीमुनि, ६३ देखि ६८ केजीमुनि, ६९ देखि ७४ केजीमुनि र ७४ केजीभन्दा माथि तौलसमूहमा प्रतिस्पर्धा हुने भएको छ।

जुनियर महिलामा २० केजीमुनि, २१ देखि २६ केजी, २७ देखि ३२ केजी, ३३ देखि ३८ केजी, ३९ देखि ४४ केजी, ४५ देखि ५०, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजीमुनि र ६२ केजीभन्दा माथि तौलसमूहमा प्रतिष्पर्धा हुँदै छ। 

स्पाइरिङकै सिनियर पुरुषतर्फ ४४ केजीमुनि, ४५ देखि ५० केजी, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजी, ६३ देखि ६८ केजी, ६९ देखि ७४ केजी, ७५ देखि ८० केजीमुनि र ८० केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुने आयोजकले उल्लेख गरेको छ।

विधाको सिनियर महिलामा ३८ केजीमुनि, ३९ देखि ४४ केजी, ४५ देखि ५० केजी, ५१ देखि ५६ केजी, ५७ देखि ६२ केजी, ६३ देखि ६८ केजी, ६९ देखि ७४ केजीमुनि र ७४ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुनेछ। 

एकल कातातर्फ पुरुषमा एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलोदेखि पाँचौँ डन) तथा महिलामा एलो, ग्रिन, ब्ल्यु, रेड, ब्ल्याक बेल्ट (पहिलोदेखि पाँचौँ डन) चुनौति पनि प्रस्तुत हुँदै छ। 

समूह कातातर्फ पुरुषमा सिनियर (ब्ल्याक बेल्ट), जुनियर (कलर बेल्ट) तथा सिनियर महिलामा (ब्ल्याक बेल्ट) र जुनियर (कलर बेल्ट) प्रतिस्पर्धा हुने तय गरिएको आयोजकले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.