|

पर्वत  : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राजनीति र सञ्चार क्षेत्र शङ्कारहित  हुनुपर्ने बताएका छन्। 

शनिवार नेपाल पत्रकार महासङ्घ कास्कीको १७औँ साधारणसभा एवं १२औँ अधिवेशनमा उनले दुवै क्षेत्र अझै खारिन बाँकी रहेको प्रस्ट पारे। एकोहोरो रूपमा लाग्दा एक रथका दुई प्राङ्ग्राको रूपमा रहेका दुवै क्षेत्र शङ्काको घेरामा पर्ने तर्क उनको छ।

‘हामी कानुन र विधिका कुरामा एेकताबद्ध भएर जान्छौँ तर, हामीलाई तपाईँले सचेत गराउनैपर्छ’, मुख्यमन्त्री अधिकारीले भने। उनले सञ्चार क्षेत्र आवाज विहीनहरूको आवाज माथि उठाउन, बिना पूर्वाग्रह, बिना पक्षधरता व्यावसायिक तरिकाले खरो रूपमा उत्रने छ भन्ने शुभेच्छा व्यक्त गरे।

सन्तुलन नगुमाई, आवेगमा नआई, आफ्नो परिपक्वता राजनीतिक क्षेत्र तथा सञ्चार क्षेत्रले देखाउनुपर्ने भन्दै उनले यसका लागि साथ र सहयोग रहेन बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.