|

काठमाडौँ : नेपाल बडी बिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षणपछि शारीरिक सुगठन (बडी बिल्डिङ)का २८ प्रशिक्षक तयार भएका छन्।

प्रशिक्षणमा उत्तीर्ण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’ का रूपमा काम गर्न सक्नेछन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार भएको कार्यक्रमको समापन समारोहमा उनीसँगै महासचिव नीलेन्द्रराज श्रेष्ठले सफल प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले प्रशिक्षणमा सहभागी भएकालाई बधाई दिँदै अबको दिनमा आफ्नो काँधमा आइपुगेको जिम्मेवारीलाई राम्रोसँग पूरा गर्न अनुरोध गरे।

प्रशिक्षक प्रशिक्षण जेठ १ जेठ १२ गतेसम्म सञ्चालन भएको थियो। काठमाडौंमा बडी बिल्डिङको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको यो चौथोपटक हो।

देशभरमै भने यस्तो कार्यक्रम भएको यो आठौंपल्ट हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.