|

काठमाडौं : काठमाडौं महानगरपालिकाले आफ्नो गेटअगाडि फोहोर फालिदिएपछि सडक डिभिजनले प्रतिकारको चेतावनी दिएको छ। 

चक्रपथ निर्माणमा भएको ढिलासुस्तीले प्रदूषण बढेको कारण देखाउँदै महानगरपालिका प्रमुख बालेन साहले विरोधस्वरूप विभागअगाडि  फोहोर फाल्न लगाएका थिए। 

जवाफमा विज्ञप्ति जारी गरी डिभिजनले आफ्नो कार्य क्षेत्रभित्र भएका त्रुटि औँल्याइ सकारात्मक सुझाव दिए कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई अराजक व्यवहार गरे किमार्थ सह्य नहुने चेतावनी दिएको छ। उसले यसको प्रतिकार गर्न समेत  बाध्य हुने बताएको छ।

‘सडक डिभिजन काठमाडौँको कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने ब्यहोरा जानकारी गराइन्छ।’

महानगरको यस्तो व्यवहारले कानुनी राज्यको उपहास गरेको पनि डिभिजन कार्यालयले भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.