फाइनल खेलेका कोलकाता र हैदरावादका खेलाडीले जिते ९ मध्ये ६ अवार्ड

|

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) ले नयाँ च्याम्पियन पाएको छ। १७औँ सिजनमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो।

११औँ ओभर बलिङ गरिरहेका शाहबाज अहमदको तेस्रो बलमा वेङ्कटेश अय्यरले १ रन बनाएर टोलीलाई जित दिलाए। केकेआरले उपाधि जितेकोमा २० करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ।

उपविजेता सनराइजर्स हैदरावादले १२ करोड ५० लाख भारतीय रुपैयाँ जित्यो। तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरुले ६ करोड ५० लाख भारतीय रुपैयाँ पाएका छन्।

९ मध्ये ६ व्यक्तिगत अवार्ड कोलकाता र हैदरावादको नाममा 

फाइनल खेलेका कोलकाता र हैदरावादका खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन्। सुनिल नारिनले सर्वाधिक २ अवार्ड जिते।

विराट कोहलीले प्रतियोगितामा सबैभन्दा बढी रन बनाएवापत ‘अरेन्ज क्याप’ र हर्षल पटेलले सबैभन्दा बढी विकेट लिएवापत ‘पर्पल क्याप’ पाए। नारिन प्रतियोगिताको ‘प्लेयर अफ दि टुर्नामेन्ट’ भए।

फाइनलपछिको पुरस्कार समारोहमा ‘इमर्जिङ प्लेयर अफ द इयर’, ‘सुपर स्ट्राइकर अफ द सिजन’, ‘प्लेयर अफ द टुर्नामेन्ट’, ‘गेमचेन्जर अफ द इयर’, ‘मोस्ट फोर’ र ‘म्याक्सिमम सिक्स’ आदि अवार्ड प्रदान गरिएको थियो।

अरेन्ज क्याप विराट कोहलीको नाममा

यस सिजनको आईपीएलमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटरमा विराट कोहली रहे। चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरूका ओपनर कोहलीले १५ म्याच खेलेर ७४१ रन बनाए। उनको स्ट्राइक रेट १५४ रह्यो। उनले नगद १० लाख भारू प्राप्त गरे।

पर्पल क्याप हर्षल पटेलको नाममा

यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको किङ इलाभेन पञ्जाब ९औँ स्थानमा रह्यो तर सर्वाधिक विकेट भने पञ्जाबका हर्षल पटेलले लिए। उनले १४ म्याचमा २४ विकेट लिए। उनको इकोनोमी ९.७३ रह्यो। उनले पनि १० लाख भारू प्राप्त गरे।

प्लेअर अफ द टुर्नामेन्ट

यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका कोलकाताका सुनिल नारिन प्लेअर अफ द टुर्नामेन्ट बने। १५ वटा म्याचमा ४८८ रन बनाएका उनले २१ विकेटसमेत लिए। उनले पनि १० लाख भारू प्राप्त गरे।

क्याच अफ द सिजन

कोलकाताका रमनदिप सिंहले लिएको क्याच नै आईपीएलको क्याच अफ द सिजन घोषित भयो। उनले लखनउ सुपरजाइन्टसविरुद्ध उत्कृष्ट क्याच गरेका थिए। उनले पनि १० लाख भारू प्राप्त गरे।

सबैभन्दा धेरै चौका प्रहार गर्ने खेलाडी

यस सिजनमा सबैभन्दा बढी कीर्तिमान बनाउने टोली हो- सनराइजर्स हैदरावाद। फाइनलमा भने यो टोलीले उत्कृष्ट खेल खेल्न सकेन तर टोलीका ओपनर ट्राभिस हेड सबैभन्दा धेरै चौका हान्ने खेलाडी बने। यो सिजनमा उनले ६४ चौका हान्दै नगद १० लाख भारू प्राप्त गरे।

सर्वाधिक छक्का हान्ने खेलाडी

यस सिजनमा सबैभन्दा बढी कीर्तिमान बनाउने सनराइजर्स हैदरावादको महत्वपूर्ण हिस्सा रहे ओपनर अभिषेक शर्मा। उनले ट्राभिस हेडसँग मिलेर महत्वपूर्ण कीर्तिमान बनाउन गतिलो भूमिका खेले। उनले यस सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गरे। ४२ वटा छक्का हानेका शर्माले पनि १० लाख भारू प्राप्त गरे।

इमर्जिङ प्लेअर अफ द सिजन

सिजनको इमर्जिङ प्लेअर अफ द सिजनको अवार्ड भने हैदरावादकै नीतिशकुमार रेड्डीले प्राप्त गरेका छन्। १३ म्याच खेल्दै ३०३ रन बनाएका उनले ३ विकेट लिए। उनले पनि १० लाख भारू प्राप्त गरे।

इलेक्ट्रिक स्ट्राइकर अफ द सिजन

इलेक्ट्रिक स्ट्राइकर अफ द सिजनको उपाधि भने दिल्ली क्यापिटलका जैक फ्रेजर म्याकगर्कको पोल्टामा पर्‍यो। उनले ९ म्याचमा ३३० रन बनाए भने स्ट्राइक रेट २३४ रह्यो। उनले पनि नगद १० लाख भारू प्राप्त गरे।

अल्टिमेट फेन्टासी प्लेयर अफ द सिजन

अल्टिमेट फेन्टासी प्लेयर अफ द सिजनको अवार्ड पनि कोलकाताका सुनिल नारिनले प्राप्त गरे। १५ वटा म्याचमा ४८८ रन बनाउँदै २१ विकेट लिन सफल भएका उनले । उनले पनि १० लाख भारू प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.