|

काठमाडौँ : काठमाडौँको बसुन्धारा र कपनबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

नुवाकोटको शिवपुरी गाउँपालिका २ छाप घर भइ हाल काठमाडौँको बसुन्धारा बस्ने २८ वर्षीय रविन्द्र तामाङ र काठमाडौँकै कपन बस्ने २० वर्षीय कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

वास्तविक नम्बर परिवर्तन गरी लु ७८ प ६७ ५८ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित रविन्द्रलाई ट्राफिक प्रहरीले फेला पारेको थियो। 

रविन्द्रमाथि अनुसन्धान गर्दा उक्त मोटरसाइकल कृष्णबाट लिएको भनी खुल्न आएपछि काठमाडौँको कपनबाट उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

नियन्त्रणमा आएका दुवै जनालाई अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.