|

काठमाडौं : नेपाल शिक्षक महासंघले सरकारले प्रस्तुत गरेको आव २०८१/८२ को बजेटले निराश तुल्याएको बताएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक,कर्मचारी र विद्यार्थीलाई समेट्ने गरी बजेट नआएको बताएका हुन्।

उनले आफूहरूका माग पूरा नभएको भन्दै यसअघि जस्तै पुन: सडकमा कडा आन्दोलन गर्ने चेतावनी दिए। ‘१५ गते प्रस्तुत भएको बजेटले आम शिक्षक,कर्मचारी विद्यार्थीलाई निराश तुल्याएको छ, यसअघि भएका सम्झौता यो बजेटमा समावेश हुन्छ भन्ने थियो,तर भएन,इसिडी शिक्षक र कर्मचारीको पारिश्रमिक थाहा नभएको जस्तो गर्‍याे,विद्यार्थीहरूकै सेवासुविधा बढेन, राष्ट्रपति शैक्षिक सुधारको बजेट नाम मात्रैको छ,’उनले भने।

उनले कसरी आन्दोलनको मोडल तयार पार्ने भन्नेमा छिटो नै बैठक बसेर घोषणा गर्ने बताए।  ‘फेरि आन्दोलनमै जाने गरी सरकारले अवस्था सिर्जना गरेको छ,’उनले भने,‘त्यसैले अब हामी छिट्टै नै बैठक बस्छौँ,ठूलो आन्दोलन लिएर आउँछौँ,कडा आन्दोलन गरी राज्यलाई दबाब दिन्छौँ,जागरूक हुन हामी सबै शिक्षक,कर्मचारीहरूलाई आग्रह गर्छौं।’ 

गत असोजमा विभिन्न माग राख्दै काठमाडौंमा विद्यालय नै बन्द गरेर देशभरका शिक्षकहरूले शक्ति प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.