|

धनकुटा :  नेपाल प्रेस युनियन धनकुटा शाखाले नेपाल पत्रकार महासंघ धनकुटा शाखामा तालाबन्दी गरेको छ। पत्रकार महासंघ धनकुटा शाखाले सबैको सहमतिमा शुद्धिकरण गरेर पठाइएका सदस्यहरु बाहेकका नामावली केन्द्रीय समितिले थप गरेको भन्दै प्रेस युनियन धनकुटा शाखाले अध्यक्ष विनोद घिमिरेको नेतृत्वमा महासंघ धनकुटा शाखामा तालाबन्दी गरेको हो।

‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर भएको सदस्यताको नामावलीप्रति नेपाल प्रेस युनियन धनकुटा शाखाको गम्भीर असहमति छ’ अध्यक्ष घिमिरेले भने।

अध्यक्ष घिमिरेले महासंघको सदस्यता शुद्धिकरणका क्रममा धनकुटामा भएको सहमतिमा केन्द्रीय समितिले मनोमानी गरेकोप्रति युनियनको असहमति रहेको बताए। ‘अहिले आएको सूचीप्रति हाम्रो असहमति छ, हामीलाई मान्य छैन, धनकुटाबाट पठाइएको नाममात्रै नवीकरण हुनुपर्छ’ घिमिरेले भने, ‘हाम्रा माग पूरा नहुँदासम्म  धनकुटा शाखामा अनिश्चितकालीन तालाबन्दी कायम रहन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.