|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अंकले घटेर २ हजार ६९ दशमलव ५३ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ९० अंकले ओरालो लागेर ३७० दशमलव १९ मा सीमित भएको छ। 

कुल ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँ मूल्यमा कारोबार भएको हो।

नेप्सेका अनुसार नेपाल फाइनान्स, अपर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। 

मनकामना इन्जिनियरिङ ९ दशमलव ९८ र युनिलिभर नेपालका लगानीकर्ताले ९ दशमलव ५० प्रतिशतले कमाएका छन्।

पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन ७ दशमलव ०८, बाराही हाइड्रोपावर ६ दशमलव ७४, नेपाल वेयरहाउस कम्पनी ५ दशमलव ९६ र कालिका लघुवित्तका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.