|

काठमाडौं : निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालको पदपूर्ति समितिले सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। 

अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ सर्जन, रेडियोथेरापी टेक्नोलोजिस्ट स्टाफ नर्ससहितका पदमा दरखास्त आह्वान गरेको हो । 

लोकसेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका शर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ। 

न्यूनतम योग्यता पुगेका इच्छुकनागरिकले असार ६ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.