|

हेटौँडा : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण सिंगो संसद डेडलक भएको आरोप लगाएका छन्।

शुक्रवार नेकपा एमाले मकवानपुरको १२औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेसले ब्यक्तिका लागि मात्रै केन्द्रित गरेर दुई अढाई महिनासम्म सिंगो संसद डेडलक भएको आरोप लगाएका हुन्।
‘हामीले यो देशको भविष्यसँग विकास‚ समृद्धि र सुशासन तथा सामाजिक न्यायसँग जोडिएका मुद्दाहरु, सरकारले ल्याएको नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयहरुमा छलफल हुन सकेन, ’ प्रमुख सचेतक बर्तौलाले भने, ‘नेपाली कांग्रेसले आफ्नो जिम्मेवारीवोध नगर्दा देश र जनताका लागि संसदीय मूल्य मान्यताका आधारबाट अगाडि बढ्न सकिएन जसका कारण सिंगो संसद डेडलक भयो।’

बर्तौलाले कांग्रेसको चौतर्फी घेराका बाबजुद पनि सरकारले बजेट प्रस्तुत गरेको बताए।

प्रमुख सचेतक बर्तौलाले नेकपा एमालेको अगुवाइमा २०७२ साल असोज ३ गते संविधान घोषणा गरेको बताउँदै आजसम्म आइपुग्दासमेत १८१ वटाभन्दा बढि कानुनहरु बाँकी रहेको बताए। 

संघीय संसदले १५१, प्रदेशसभाले २४ वटा र स्थानीय तहले ६ वटा कानुन बनाउन बाँकी रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.