|
फाइल तस्वीर

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको बाढी पहिरोले एउटा घरसहित २ स्वास्थ्य केन्द्र पुरिएका छन्।

शुक्रवार र शनिवार भएको लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण भोटखोला–४ स्थित सेम्बुङ गाउँमा एउटा घर पुरिएको छ। बाढी पहिरोले भोटखोला–४ सेम्बुङका रिदर ज्याबु भोटे पुरिएको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए। पहिरोबाट विस्थापित भोटे अहिले छिमेकीको शरणमा रहेका छन्। 

बाढी पहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुईवटा गाडीसमेत क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष भोटेले बताए। 

पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरणमा क्षति हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको अध्यक्ष भोटेले बताए। 

पहिरोले भोटखोला–४ मा  निर्माणाधीन ५ शय्याको अस्पताल पुरिएको उनको भनाइ छ। भोटखोला–४  छोङराङमा ग्रामीण विद्युत कम्पनिको सामग्रीसमेत बगाएको छ। 

बाढी पहिरोले भोटखोलाका विभिन्न गाउँमा क्षति पुर्‍याएको छ। बाढी पहिरोले के कति क्षति भएको छ भन्ने एकिन विवरण आइसकेको छैन। 

घटनास्थलमा प्रहरी र वडाध्यक्षहरुले क्षतिको विवरण सङ्कलन गरिरहेको गाउँपालिका अध्यक्ष भोटेले बताए। पहिरोले भोटखोलाका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.