सन्दर्भ : नेविसंघ ११ औं महाधिवेशन

|

कामठाडौं : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११ औं महाधिवेशनमा आफ्नो पक्षलाई पनि समेट्नु पर्ने माग गर्दै सात दिनदेखि आमरण अनसन वसेका भोलानाथ शर्माले अनसन तोडेका छन्।

नेविसंघ पूर्बअध्यक्ष महेन्द्र शर्मा गुटका भनेर चिनिएका नेविसंघ वागेश्वरी वहुमुखि क्याम्पस नेपालगञ्जका अध्यक्ष शर्मालाई बुधवार दिउँसो नेविसंघ पूर्व अध्यक्ष एबं कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले जुस खुवाएर अनसत तोडाएका हुन्।

आमरण अनसन बसेका शर्माको स्वास्थ्यमा गम्भिर असर परेपछि दुई दिन अघि उनलाई मोडल अस्पतालमा राखिएको थियो। अस्पतालको बेड नम्वरमा ८ मा पुगेर पार्टी केन्द्रीय सदस्य गुरुङले शर्माको अनसन तोडाएका हुन्। 

अनसन तोडेपछि शर्माले आफूहरूले महाधिवेशनमा आएका प्रतिनिधिहरु खालि हात फर्कन नपरोस् भन्नका लागि अनसन तोडेका बताएका छन्। उनले पार्टीको एक विद्यार्थी अनसन बसिरहँदा पार्टीले नेविसंघको महाधिवेसनको उद्घाटन गरेर नेपाली कांग्रेसको विश्वसनीयता गुम्नुका साथै कांग्रेस अन्तराष्ट्रिय जगतमा समेत बद्नाम भएको बताए। उनले अगाडि भने, 'अब फेरि निर्वाचन रोकियो भने हामीले गरेको आन्दोलन, हामीले जिउ ज्यान दिन तयार भएर गरेको अनसनले सबै प्रतिनिधिले पुन: फर्कन बाध्य पार्‍यो भने महाधिवेशनका लागि आएका विद्यार्थीलाई दु:ख हुन सक्छ भन्ने अभिप्रायका साथ यो अनसन तोडेका छौँ।' 

विधिवत अधिवेशनको माग गर्दै आमरण अनसन वसेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकटका दुई विद्यार्थी नेताहरु गणेश सापकोटा र रत्नहरि ढुंगलले भने आमरण अनसन तोडेका छैनन्। सापकोटाको हात र खुट्टावाट सलाईन पानी नचढेपछि उनलाई मंगलबार राति ओम अस्पताल लगिएको थियो। हाल सापकोटालाई आईसीयूमा राखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.