|

काठमाडौँ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि रोकिएको उडान तथा अवतरण अहिले फेरि सञ्चालनमा आएको छ। 

विमानस्थलको धावनमार्ग चर्किएपछि पछि आज साँझ ४:५५ बजेदेखि ६ बजेसम्म आन्तरिक र अन्तरराष्ट्रियतर्फका सबै उडान अवरुद्ध भएको विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।

उनले भने, “धावनमार्ग चर्किएपछि आन्तरिक र अन्तरराष्ट्रिय सबै उडान करिब एक घण्टा जति रोकिएका थिए, अहिले मर्मतपछि सबै उडान तथा अवतरण सञ्चालन भएका छन्।”

यसअघि यही जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी–डी) मा (क्र्याक) चिरा देखिएपछि उडान अवरुद्ध भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.