|

काठमाडौं : आइसीसी टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा भिड्दैछन्। समूह ए को खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे नासउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला न्युयोर्कमा हुनेछ।

अहिलेसम्म खेलेका दुई खेलमा लगातार पराजय भोगेको अघिल्लो विश्वकपको उपविजेता पाकिस्तानलाई अघिल्लो चरण प्रवेशको संभावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ। अमेरिकासँग सुपर ओभरमा र भारतसँग ६ रनले पराजित पाकिस्तान अंकबिहीन रहँदै तालिकाको चौथो स्थानमा छ।

अमेरिकासँग ७ विकेटले हारेको क्यानडा टेस्ट राष्ट्र आयरल्याण्डविरुद्ध ऐतिहासिक जितसहित तेस्रो स्थानमा छ। समूह ए मा अपराजित रहेका भारत र अमेरिका क्रमश: तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका छन्।

आजको खेलमा पराजित भएमा पाकिस्तानको आयरल्याण्डसँगको खेल अगावै विश्वकपको यात्रा टुंगिने छ।

पहिलो खेलमा विशाल स्कोर बनाउन सक्ने ब्याटरहरू टिममा रहेको पुष्टि गरेको क्यानडाले दोस्रो खेलमा टेष्ट राष्ट्र आयरल्याण्डलाई १ सय ३७ रनमा रोकेर बलरहरु पनि कम छैनन् भन्ने पुष्टि गरिसकेको छ।

यता चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई एक ओभर बाँकी छँदै १ सय १९ रनमा समेटेको पाकिस्तान पूरै २० ओभर खेलेर पनि १ सय २० रनको सामान्य लक्ष्य चेज गर्न सकेन। जसका कारण पाकिस्तान प्रतियोगितामा टिकिरहन जित्नै पर्ने दबाबबाट गुज्रिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.