|

काठमाडौं : नेपलिज प्रिमियर लिग (एनपीएल) अस्ट्रेलियाको तेस्रो संस्करण आगामी अगष्ट ४ देखि सुरु हुने भएको छ। 

आगामी संस्करणका लागि खेलाडीहरूको लिलामी सम्पन्न भएसँगै एन पी एल को सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाली क्रिकेट एसोसिएसन अस्ट्रेलिया ९एन सी ए ए०का संयोजक अजय क्षत्रीले बताए।

हालै सम्पन्न लिलामीमा सुवाष कुमार शाहलाई सर्वाधिक २१ सय डलरमा रुबी होम्स तिलिचो टाइटन्सले अनुबन्धित गरेको छ।  त्यस्तै युवराज मल्ल र कृतन ताम्रकारलाई पिरान्हा से-फ़ोक्सुण्डो स्ट्राइकरले  क्रमशः १४ सय र ११ सय डलरमा आफ्नो टोलीमा समावेश गरेको छ। अक्सनका लागि जम्मा १४१ खेलाडीहरूले आफ्नो नाम दर्ता गराएका थिए। 

यसअघिका दुई संस्करण भन्दा यसपटक खेलाडीहरूको संख्या पनि धेरै रहेकाले आफूहरू तेश्रो संस्करणको सफलताका लागि आशावादी रहेको एन पी एलका व्यवस्थापन सदस्य करण श्रेष्ठले बताए।  

हरेक वर्ष आयोजना हुने एन सी ए ए कपको ग्रेड ए र ग्रेड बि बाट खेलाडीहरूको क्षमता पहिचान भए सँगै एन पी एलले उनीहरूको व्यावसायिक यात्राका लागि बाटो खोल्ने उद्देश्य राखेको श्रेष्ठको भनाइ छ।

 करिब एक दशक देखि अस्ट्रेलियामा रहेको नेपाली समुदायमा क्रिकेटको माध्यमबाट मेलमिलाप बढाउन एन सी ए ए आधिकारिक रुपमा लागि रहेको छ। यसवर्ष एन पी एल मा जम्मा चार फ़्रेञ्चाइज टोली  रहेका छन् भने २५ टोलीले एन सी ए कपमा सहभागिता जनाएका थिए।  एन पी एलका सबै खेलहरू सिड्नीमा हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.