|

अस्ट्रेलिया : जुलाई १ तारिकबाट लागू हुनेगरी अस्ट्रेलिया सरकारले   भिजिट भिसा  (सब क्लास ६००) मा  गएर विद्यार्थी भिसा (सब क्लास ५००) मा  परिवर्तन गर्न नपाइने नीति ल्याएको छ। 

बुधबार अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले पर्यटक भिसामा रहेर विद्यार्थी भिसा परिवर्तन गर्न नपाउने तथा टिआर भिसामा रहेका विद्यार्थीहरूले  फेरि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन्। 

गएको १० महिना भित्र  पर्यटक भिसाबाट विद्यार्थी भिसामा जानेको संख्या ३६ हजार रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। ३२ प्रतिशत विद्यार्थी  जो अहिले ग्राजुएट भिसा (टिआर) मा छन्।  पुनः उनीहरू विद्यार्थी भिसामा परिवर्तन गरेर अष्ट्रेलियाको बसाइलाई लम्ब्याइरहेको उनले बताएकी हुन्।

विभिन्न बहानामा पर्यटन भिसामा आउने र  विद्यार्थी भिसामा परिवर्तन गर्ने लहर चलेपछि सरकारले त्यसलाई रोक्न यो नीति ल्याएको हो।  गत वर्ष डिसेम्बर महिनामा सरकारले एउटा माइग्रेसन स्टाटेजी ल्याएको थियो। त्यसैअन्तर्गत अस्ट्रेलियामा विद्यार्थी र आप्रवासी संख्या घटाउन  सरकारले यो नीति ल्याएको हो। 

यी दुवै भिसामा रहेका विद्यार्थीहरूले अबदेखि अष्ट्रेलिया भित्रैबाट विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन् तर विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुनः विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन्। यो नियम जुन १ देखि नै लागू भइसकेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.