|

काठमाडौँ : एशियाली फुटबल महासंघ एएफसी १७ वर्षमुनिको एशियन कप छनोट– २०२५ मा नेपाल समूह एफमा परेको छ।

आज मलेशियाको क्वालालम्पुरमा भएको ड्र पछि साविक विजेता जापान र कतारसँगै नेपाल समूह एफमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यही समूह एफमा मंगोलिया पनि छ। 

यस समूहका सबै खेल आगामी अक्टोबर २३ देखि २७ तारिखसम्म अर्थात् कात्तिक ७ गतेदेखि ११ गतेसम्म कतारमा आयोजना हुनेछ। 

शीर्ष टोली सन् २०२५ एएफसी यू-१७ एशिया कपका लागि योग्य हुनेछ। नेपाल परेकै समूहमा रहेको जापान साविक विजेता हो। 

सन् २०२३ मा थाइल्याण्डमा भएको प्रतियोगितामा जापानले दक्षिण कोरियामाथि जित दर्ता गरेको थियो। सन् २०२३ को छनोटमा नेपाल‚ भियतनाम, थाइल्याण्ड र चाइनिज ताइपेइविरुद्ध पराजित हुन पुगेको थियो। 

यू-२० मा नेपाल समूह बीमा

आजै सार्वजनिक ड्रअनुसार २० वर्षमुनिको एशियन कपमा नेपाल समूह बीमा परेको छ। नेपाल रहेको समूह बीमा उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपे र कम्बोडिया रहेका एफसीले जनाएको छ।

यस समूहका खेलहरु आगामी सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.