|

काठमाडौँ : नेपालको टी–२० वरियता खस्किएको छ। आईसीसीले बिहीवार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेको हो।

यसअघि १७औँ स्थानमा रहेको नेपालको वरीयता एक स्थान खस्किँदै १८औँ स्थानमा झरेको हो। नेपाललाई अमेरिकाले उछिनेको छ।

यसअघि १८औँ स्थानमा रहेको अमेरिका एक स्थान उक्लिँदै १७औँ स्थानमा पुगेको हो। 

नयाँ वरीयतामा भारत अझै शीर्षमै कायम छ। अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो, वेष्ट इण्डिज चौथो तथा न्युजिल्याण्ड पाँचौँ स्थानमा छन्। 

पाकिस्तानको वरीयता पनि एक स्थान खस्किँदै ७औँ स्थानमा झरेको छ। एक स्थान सुधार गरेको दक्षिण अफ्रिका छैँटौँ स्थानमा उक्लिएको छ।

नयाँ वरीयताअनुसार यूएई १६औँ र ओमान १९औँ स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.