|

काठमाडौं : चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन्। 

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र-१-०२९ च ३७२० नम्बरको कार चितवनको फिस्लिङमा ठोक्किँदा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।

कारमा सवार ५ जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।

दुर्घटनामा घाइते मध्ये केहीको अवस्था गम्भीर छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.