|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेको अगामनपछि टोली बलियो बनेको बताएका छन्।

आइसिसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाको खेलअघि रोहितले यस्तो प्रतिक्रिया दिएका हुन्। नेपालले शनिबार बिहान आफ्नो तेस्रो खेलमा बलियो टोली दक्षिण अफ्रिकाको सामना गर्नेछ। 

अमेरिकाले भिसा नदिएका कारण सुरुआती दुई खेल गुमाएका सन्दीप यो खेलमा भने मैदान उत्रिनेछन्।

‘जसरी पनि दक्षिण अफ्रिकालाई हराउने लक्ष्यका साथ मैदान उत्रिने छौं। सन्दीपको आगमनले स्पिन आक्रमण अझै बलियो बनेको छ। हामी मानसिक रूपमा पनि तयार छौं,’ रोहितले भने।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपालले वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो। 

नेपाललाई सुपर ८ मा स्थान बनाउने सम्भावना जिवितै राख्न यो खेल जित्नै पर्ने दवाब छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.