|

काठमाडौं : पार्टीले जारी गरेको ह्वीपलाई उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटा कारबाहीमा परेका छन्। माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटामाथि  कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएको थियो। उक्त जानकारी सभामुख कृष्ण धितालले शुक्रबारको प्रदेशसभा बैठकमा दिएसँगै उनी कारबाहीमा परेका हुन्।

देवकोटा माओवादी केन्द्रको चुनाव चिन्हबाट विजय बनेका तर नेपाल समाजवादी पार्टीका नेता हुन्।

विश्वासको मतपछि बनेको सरकारमा देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन्। संविधान अनुसार सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.