|

बारा : बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहमाथि आज साँझ गोली प्रहार भएको छ।

बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार गोली पिठ्युँमा लागेको छ।

उनले घटना आज साँझ ५ बजेतिर भएको बताए। गोली हान्ने व्यक्ति अज्ञात रहेको जानकारी दिँदै उनले कारण नखुलेको र अनुसन्धान भइरहेको बताए। 

कुशवाहको अहिले बयोधा अस्पताल, वीरगञ्जमा उपचार भइरहेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.