|

काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह चरणको खेल नसकिँदै ५ टोली सुपर-८ मा पुगेका छन्।

अहिलेसम्म भारत‚ अष्ट्रेलिया‚ दक्षिण अफ्रिका‚ वेष्ट इण्डिज र अफगानिस्तान सुपर-८ मा पुगेका छन्।

अफगानिस्तान भने आज (शुक्रवार) भएको खेलमा पपुवान्यूगिनी (पीएनजी) लाई ७ विकेटले हराउँदै सुपर-८ मा पुगेको हो। समूह सी बाट वेष्ट इण्डिज र अफगानिस्तान सुपर-८ मा पुगेका हुन्।

जितका लागि पिएनजीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५ ओभर १ बलमा ३ विकेटमात्र गुमाएर पूरा गर्‍यो। अफगानिस्तानको जितमा गुलबदिन नइबले अविजित ४९ रन बनाए। मोहम्मद नाबीले १६ रन जोडे।

त्यसअघि त्रिनिदादको तरुबास्थित ब्रायन लारा स्टेडियममा टस जितेको अफगानिस्तानले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पीएनजीले १९ ओभर ५ बलमा अलआउट हुँदै ९५ रनमात्र बनायो। 

उसका लागि किप्लिन डोरिगाले सर्वाधिक २७, अली नाओले १३ तथा टोनी उराले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

३ जना ब्याट्सम्यान शून्य रनमै आउट भएर पवेलियन फर्किँदा कप्तान असाद भालासहित ८ ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्। 

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका फजल हक फारुकीले सर्वाधिक ३ तथा नविन उल हकले २ विकेट लिए।

सुपर-८ पुगेका ५ टोली

समूह ए बाट : भारत

समूह बी बाट : अष्ट्रेलिया

समूह सी बाट : वेष्ट इण्डिज र अफगानिस्तान

समूह डी बाट : दक्षिण अफ्रिका

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.