|

बारा : अज्ञात समूहको गोली प्रहारबाट गम्भिर घाइते भएका बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको मृत्यु भएको छ। बारा प्रहरीका अनुसार उनको उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको हो। 

बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा उनीमाथि गोली प्रहार भएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार गोली पिठ्युँमा लागेको थियो। 

उनले घटना आज साँझ ५ बजेतिर भएको बताए। गोली हान्ने व्यक्ति अज्ञात रहेको जानकारी दिँदै उनले कारण नखुलेको र अनुसन्धान भइरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.