|

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विद्रोहपछि हुन लागेको पार्टीको ऐतिहासिक राष्ट्रिय अधिवेशन सफल बनाउन सबै कमिटीलाई निर्देशन दिएका छन्।

अध्यक्ष नेपालले अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै निर्धारित समयमा अधिवेशन सम्पन्न गरी पार्टीको आन्तरिक एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।

उनले कम्युनिष्ट आन्दोलनले स्थापनाकालदेखि नै अङ्गिकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र जस्ता विषयमा थप छलफल गरी सही कार्यदिशा भएको बलियो कम्युनिष्ट पार्टी निर्माणमा अधिवेशनले सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

अध्यक्ष नेपालले विधि र पद्धतिमा आधारित बलियो कम्युनिष्ट पार्टी निर्माण गरी कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ अघि बढाउनुपर्ने विचार व्यक्त गरे। पार्टीको आगामी असार १६ देखि २० गतेसम्म आसन्न महाधिवेशनमा प्रतिनिधि छनोटका लागि निर्देशिका तयार गरिएको छ।

प्रतिनिधि बन्नका लागि कम्तीमा तीन वर्ष पार्टी सदस्य भएको हुनुपर्ने भनिएको अपानीमा पार्टी निकट कमिटी तथा जनवर्गीय सङ्गठनबाट प्रतिनिधिको सङ्ख्या निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.