|

काठमाडौं : सिरिल रामाफोसा फेरि दक्षिण अफ्रिकाको राष्ट्रपति निर्वाचित भएका छन्।

सत्तारुढ अफ्रिकी राष्ट्रिय कांग्रेस एएनसी र प्रमुख विपक्षी दलबीच भएको ऐतिहासिक गठबन्धनपछि दक्षिण अफ्रिकी संसदले रामाफोसालाई राष्ट्रपतिमा निर्वाचित गरेको हो।

रामाफोसाको सरकारमा एएनसी, सेन्टर–राइट डेमोक्रेटिक अलाइन्स डीए र केही साना पार्टी सहभागी भएका छन्। दक्षिण अफ्रिकामा केही समयदेखि चलेको सत्ताको रस्साकस्सीपछि प्रमुख विपक्षी दलसँग मिलेर रामाफोसाले सरकार गठन गरेका छन्।

यसअघि उनी सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपति निर्वाचित भएका थिए। त्यतिबेला पनि सत्ताका लागि भएको कठिन संघर्षपछि रामाफोसाले ज्याकब जुमालाई विस्थापित गरेर पार्टी र देशको सत्ताको नेतृत्व लिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.