|

काठमाडौं : सहकारी संस्थाको बचत रकम अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको तेस्रो बैठक आइतबार बस्दैछ। 

समितिले कार्यबिधि र कार्ययोजना बनाइसकेकाले आज बस्ने बैठकले अनुसन्धानका क्रममा जाने टोली, भेट गर्ने व्यक्ति र आवश्यक कागजात कहिलेसम्म संकलन गर्र्ने लगायतका विषयमा निर्णय गर्र्नेे तयारी गरेको छ । 

सिंहदरबार स्थित समितिको कार्यलयमा दिउँसो २ बजे बैठक बस्न लागेको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिए। यो बैठकले ठोस निर्णय गरेपछि समिति विस्तृत रूपमा अगाडि बढ्ने छ । केही प्राबधिक समस्या पनि आएकाले सल्ट्याएर अनुसन्धान गर्ने तयारी भइरहेको समिति सदस्यहरुको दाबी छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.