|

काठमाडौँ : गर्मी चर्किएसँगै देशभरि नै डेंगुका विरामी बढ्दै गएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरणअनुसार यस वर्ष हालसम्म ७२ जिल्लामा डेंगुका विरामी देखिइसकेका छन्। हालसम्म ७२ जिल्लामा १ हजार १७७ जना डेंगुका विरामी भेटिएका छन्।

यो अवधिमा डेंगु सबैभन्दा धेरै काठमाडौँ जिल्लामा फैलिएको छ। ईडीसीडीको विवरणअनुसार हालसम्म काठमाडौँमा १२२ जना विरामी फेला परेका छन् भने अघिल्लो साता ११४ जना विरामी थिए।

झापामा १११ जना, चितवनमा ७४ जना, मकवानपुरमा ५८ जना विरामी भेटिएका छन्। भक्तपुरमा २७ ललितपुरमा १८ जना संक्रमित रहेका छन्। सिन्धुपाल्चोकमा ४४ जना, ओखलढुङगामा ४१ जना संक्रमित रहेका छन्। 

​डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्छन्।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.