|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसारमा जहाँ रहे पनि मातृभूमिलाई कहिल्यै नबिर्सन नेपालीजलाई आग्रह गरेका छन्। जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आफ्नो स्वागतमा आयोजना गरेको समारोहमा उनले नेपालको विकासमा सहयोग गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे।

उनलाई जर्मनीका लागि नेपालका राजदूत  रामकाजी खड्का तथा यहाँस्थित  नेपालीले स्वागत गरे। ‘जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु’, राष्ट्रपति पौडेलले भने।

राजदूत खड्काले जर्मन  नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराए। साथै, जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे समेत अवगत गराए।

कार्यक्रममा जर्मनीमा रहेको गैरआवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो। राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो  जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाको अवलोकन गरेका थिए।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन्। जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको राजधानी बर्लिन पुगेका हुन्। उनले सोमबार समकक्षी संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.