|

काठमाडौं : ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना आइतबार सम्पन्न भएको छ। 

काठमाडौंको धापासीमा आयोजित यो साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधना अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले जानकारी दिए। 

यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकहरुका लागि यसपटक अमृत योगको आयोजना गरिएको हो। साधना समापनका अवसरमा विभिन्न अट्ठाइस चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त बिष्टले बताए। 

यसपटकको अमृत योगमा २२ जना सहभागि थिए। सहभागिहरुले आफ्नो योगाभ्यासको अनुभव सुनाउदै आत्मिक शान्तिका साथै शारिरीक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्याहरु हल भएकोले आफूले नियमित भाग लिदै आएको बताए। 

प्रशिक्षक आचार्य डा नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यसप्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभइ यो जीवनशैली भएको बताइन्। उनले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूर्ण बन्दै गएको जीवनलाई क्रमश सहज बनाउदै आइपर्ने समस्यालाई पनि त्यसै रुपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गरिन्। 

अर्का आचार्य पुजारीले योग साधना सिक्नु मात्र होइन यसको नियमित  प्रयोग र अरूलाई पनि सिकाउने अठोट मुख्य कुरा भएको बर्ता। आचार्य पुजारीले विभिन्न प्रयोगात्मक विधिको प्रशिक्षण दिएका थिए। 

सहभागिहरुले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नैं छोडेर सन्यासी भएर हिड्नु पर्ने नभइ अध्यात्मको उत्कृष्ट नमुना महसुस गरेको बताएका थिए। 

सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने पनि जानकारी दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.