|

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए।

उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ। “यो सन्तोषजनक छ। राष्ट्र र जनताको अपेक्षाअनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उनले भने।

प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताए। उनले भने “मैले अस्तिको दिन मात्रै तीनैजना  आइजिपीहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु। त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ। यो हल्ला मात्रै हो।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.