|

काठमाडौँ : नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टी नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।

सोमवार अखिल नेपाल महिला संघ (समाजवादी)को वैचारिक मुखपत्र महिला संकल्प–२ को विमोचन समारोहलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्। उनले पार्टीको आगामी महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्नुपर्ने भन्दै निश्चित आधारमा मात्रै सहमतिमा नेतृत्व चयन हुनसक्ने बताए।

उनले नेताहरूको टाउको जोडेर मात्रै सहमति नहुने भन्दै वैचारिक, राजनीतिक कार्यदिशा तथा नीति र सिद्धान्तमा आधारित भएर पार्टीको नेतृत्वका लागि सहमति गर्नुपर्ने बताए। उनले सहमतिमा नेतृत्व चयन गर्नका लागि सबैले प्रयत्न गर्नुपर्ने बताए।

खनालले भने, ‘कमरेडहरूले भनेजस्तै एकदमै सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्छ। तर सहमति भनेको के त ? सहमति भनेको केमाथि आधारित हुन्छ ? हामी जुटेको भनेकै एउटा वैचारिक, राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यको आधारमा तपाईं हामी जुटेका छौँ। पार्टी भनेको त्यस्तै हो। त्यो निश्चित आदर्श, सिद्धान्त, नीतिको आधारमा हुने कुरा हो।’

नेता खनालले हाल पार्टीभित्र ८ प्रतिशत मात्रै महिला सदस्य रहेको भन्दै धेरैभन्दा धेरै महिला तथा श्रमिक महिलालाई पार्टीमा संगठित गर्नुपर्ने आवश्यकता रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.