|

मध्य अफगानिस्तानको बामियान प्रान्तमा अफगान प्राथमिक विद्यालयका विद्यार्थीहरूका लागि सांस्कृतिक अवशेषहरूको संरक्षणलाई प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदा संरक्षण कक्षा शुरु भएको छ। चिनियाँ पुरातत्वविद् र सांस्कृतिक सम्पदा विज्ञहरूसहित अफगान विज्ञ र अधिकारीहरू मिलेर क्रमशः विशाल बुद्ध स्थल र बामियानमा रहेको युनेस्कोले विश्व सम्पदा सूचीमा परेको शहर–ए घोलघोलामा रहेको ६ सदस्यीय टोलीले कक्षाको आयोजना गरेको थियो।

कक्षाको समयमा अफगान विद्यार्थीहरूलाई बामियानमा सांस्कृतिक अवशेष संरक्षणको यथास्थिति, सम्पदा संरक्षणको लागि आवश्यक व्यावहारिक सीपहरू र प्राचीन सिल्क रोडमा अफगानिस्तान र चीनबीचको सांस्कृतिक आदानप्रदानको इतिहासको बारेमा सिकाइएको थियो।

बामियानमा १ हजार ४ सय वर्ष भन्दा पुरानो दुई बुद्ध मूर्तिहरूसहित धेरै सांस्कृतिक सम्पदाहरु छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.