|

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालयका १ हजार ५९ जना विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई दीक्षित गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्राडा अजयकुमार मिश्र उपस्थित थिए। सो अवसरमा स्नातक तह उत्तीर्ण ७९८ जना दीक्षित भए। विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ ५६८ जना, पशु चिकित्सातर्फ ४७ जना, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका १५७ जना विद्यार्थी दीक्षित भए। 

स्नातकोत्तरतर्फ कृषिका १२३ जना, पशु चिकित्साका ३६ जना, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी २५२ विद्यार्थी दीक्षित भए। 

विद्यावारिधिमा दीक्षित भएका ९ जनामध्ये ८ जना कृषि र १ जना विद्यार्थी वन विज्ञानका छन्।

विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो। विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो। रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह शुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गरे। 

सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षरोपण पनि गरिएको थियो। विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तरराष्ट्रिय सम्मेलन पनि आयोजना हुँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.