|

बागलुङ : विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाभित्रका ३ वटा सडक कालोपत्र गर्न थालिएका छन्। कालोपत्रका लागि निर्माण व्यवसायीसँग जेठ २३ गते एक वर्षका लागि ठेक्का सम्झौता भइ अहिले मूलपानीदेखि तितौरेसम्मको खण्डमा धमाधम काम थालिएको छ।

विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच ५८ करोड रुपैयाँ अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्न पाउने गरी सम्झौता भएको थियो। 

हाल ४३ करोड २१ लाख रुपैयाँको लागतमा आशिष/फेवा जेवीले सडक कालोपत्र गरिरहेको छ। आगामी २०८२ असार १५ गतेसम्म सडक निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। 

हाल बागलुङ नगरपालिका–७ को मूलपानीदेखि तितौरेसम्म साढे ८.६ किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे २ किमि र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमि सडक कालोपत्र गर्न थालिएको जानकारी उनले दिए। 

“एक वर्षभित्रै काम सक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाउनुभएको छ, नगरभित्रका सबैभन्दा ठूलो लगानीमा बन्न थालेको ३ सडकले बानपालाई समृद्धिको यात्रामा थप अगाडि बढाउनेछ”, श्रेष्ठले भने, “यस्तो अनुदान देशभरिका १७ नगरपालिकालेमात्र पाएका छन्। हामीले देशभरमै पहिला काम शुरू गरेका छौँ।”

३ वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले शहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत उक्त सडक कालोपत्र गर्न थालिएको बागलुङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार सडक साढे ५ मिटरदेखि ९ मिटरसम्म चौडा हुनेछन्। 

निर्माण व्यवसायीले सडक चौडा पार्ने, कालोपत्र र ढलान गर्ने, नाली निर्माण गर्ने, पर्खाल लगाउने, फुटपाथ निर्माण गर्ने, कजवे र कल्भर्ट निर्माण गर्ने, फर्निसिङ र स्ट्रिट लाइटसहित सडकको सौन्दर्यीकरण गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.