|

सुर्खेत : इनार सफा गर्ने  क्रममा निसास्सिएर सुर्खेतको वीरेन्द्रनगरमा दुई युवाको मृत्यु भएको छ। 

वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका तोरण विकको घरमा पानीको इनार सफा गर्ने क्रममा निसास्सिँदा स्थानीय ३२ वर्षका विद्याप्रसाद रेग्मी र ३१ वर्षीय लक्ष्मी कँडेलको मृत्यु भएको सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले थाहाखबर जानकारी दिए। 

उनका अनुसार आज दिउँसो इनार सफा गर्न पसेका उनीहरु निसास्सिएर बेहोस भएपछि उद्धार गरिएको थियो।

गम्भीर अवस्थामा कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएपछि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.