|

टीकापुर : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा केन्द्रीय गठबन्धनअनुसार सरकार चलिरहेको र संङ्घीय सरकारमा पनि पार्टी छिट्टै सहभागी हुने बताएकी छन्।

सोमवार गृहनगर टीकापुर आएकी अध्यक्ष श्रेष्ठले पत्रकारहरुसँग नाउपाबाट विजयी सुदूरपश्चिम प्रदेशसभाका ५ जना प्रदेशसभा सदस्य प्रतिपक्षमा धेरै दिन बस्नु नपर्ने बताइन्। 

‘केन्द्रमा जुन गठबन्धन छ, त्यसैअनुसार जानुपर्छ भन्ने पार्टीको प्रष्ट निर्देशन छ, सुदूरपश्चिम प्रदेशमा केन्द्रीय गठबन्धन अनुसारकै सरकार चलेको छ, हाम्रा मन्त्रीहरु हुनुहुन्छ’ उनले भनिन्, ‘केही प्रदेशसभा सदस्य प्रतिपक्षमा बसिरहनु भएको छ, यो अवस्था धेरै दिन रहँदैन उहाँहरु पनि सत्ता पक्षमै हुनुहुन्छ।’

सत्ता गठबन्धनमा भए पनि नाउपा सङ्घीय सरकारबाहिर छ। उनले अघिल्लो सरकारमा पार्टी सामेल रहेको तर गठबन्धन फेरिए पनि निरन्तर सरकार पक्षमै रहेको तर पार्टीका साथीबीचमा कुरा नमिलेर सरकार गठन हुँदा छुटेको बताइन्। 

उनका अनुसार पार्टी सरकारमा जाँदा एकजना मन्त्री र एकजना राज्यमन्त्री हुने सहमति भइसकेको छ। 

प्रधानमन्त्रीको विदेश भ्रमण, बजेटलगायतले सरकारमा सामेल हुन ढिलो भएको उनको भनाइ थियो।

राष्ट्रपति स्वदेश फर्किनासाथै सरकारमा सामेल हुने उनले बताइन्। उनले नाउपा टुक्रिने कुनै सम्भावना नरहेको दावी पनि गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.