|

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि पहिलो पटक उत्तर कोरियाको भ्रमणमा जाँदैछन्। 

उत्तर कोरियाली नेता किम जोङ उनको औपचारिक निमन्त्रणामा पुटिन आज राजकीय भ्रमणमा जान लागेका हुन्। रुसबाट सन् २००० पछि पहिलोपटक उत्तर कोरियाको राजकीय भ्रमण हुन लागेको समाचारहरुमा जनाइएको छ। 

क्रेमलिनले यो भ्रमणलाई मैत्रीपूर्ण राजकीय भ्रमण भनेको छ। रुसी सञ्चारमाध्यमहरुका अनुसार भ्रमणमा पुटिन र किमबीच सुरक्षा मुद्दासहित विभिन्न क्षेत्रमा साझेदारी गर्नेबारे सम्झौतामा हस्ताक्षर हुन सक्छ। 

पुटिनको भ्रमण टोलीमा विदेशमन्त्री सर्गेई लावरोभ, रक्षामन्त्री आन्द्रेई बेलोसोफ लगायत सहभागी हुनेछन्। अमेरिकाले यी दुई देशबीच गहिरिँदो सम्बन्धले चिन्तित बनाएको प्रतिक्रिया दिएको छ। 

युक्रेनमा आक्रमण गरिरहेको रुसमाथि उत्तर कोरियाबाट समेत हतियार सहयोग लिएको आरोप लाग्दै आएको छ। साथै अमेरिकासहित पश्चिमा देशहरुले रुसको सम्पत्ति फ्रिज गरेर युक्रेनलाई सहयोग गर्ने सहमति गरिसकेका छन्। 

पुटिन र किमबीच गत वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभेस्तोक भेटवार्ता भएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.