|

लमजुङ : निरन्तर वर्षाले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका-१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो।

 जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिए। सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि निरन्तर पानी  परिरहेकाले समस्या भएको उनले बताए।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन्। 

बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन्। डुम्रे-बेँसीसहर ४२ किलोमिटर रहेको छ। यो वर्ष डुम्रे-बेँसीसहर सडकखण्ड पहिलोपटक अवरुद्ध भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.