|

गुल्मी :   गुल्मीमा असार ३२ गते खेतमा जान्छु भन्दै घरबाट हिँडेका एक पुरुष मृत फेला परेका छन्।

जिल्लाको इश्मा गाउँपालिका-१ घर भएका ६२ वर्षीय ठगबहादुर राना मुसिकोट नगरपालिका-२ टारीडाँडा स्थित खेतको पाखामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जेठ ३२ गते बिहान खेतमा जान्छु भन्दै हिँडेका राना घरमा नर्फिएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासको क्रममा आफन्तहरुले मृत अवस्थामा खेतमा देखेपछि प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.