|

काठमाडौँ : नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गरेकी छन्।

मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेको बताइन्। उनले आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनी प्रश्न गरिन्।

उनले लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै उक्त कामको समर्थन गर्ने बताइन्। उनले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने पनि स्पष्ट पारिन्।

उनले भनिन्, ‘आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्रीहरू मन्त्री बन्नुभएको हो ? के यसले देशको विकास हुन्छ? कर्णालीमा दुई लाख पुलमा। जनकपुरको वडामा चाहिँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन। मधेश प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? पीडा छ। संसदमा माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो हो ? होइन। तर उहाँको पीडा छ, च्यात्नुहुन्छ। च्यातेको म समर्थन गर्छु। यो च्यात्नुपर्छ। एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो।’

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.