|

काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालको नैतिकतामाथि प्रश्न उठाएका छन्।

अध्यक्ष साहले प्रधानमन्त्री दाहाल आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने अवस्था आएको जिकिर पनि गरे। प्रधानमन्त्रीले संघमा ३ करोडभन्दा घटीको योजना रहँदैन भन्ने गरे पनि त्यो लागू नभएको उल्लेख गर्दै उनले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रूपमा पनि पदमा बस्न नमिल्ने बताए।

मंगलवार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन्।

अध्यक्ष साहले नेपाली जनताले तिरेको कर पहुँचवालाका लागि मात्रै वितरण गर्ने काम गर्न नहुने बताए।

साहले भने‚ ‘यो बजेट पहुँचवालाको भएको छ। जनताले तिरेको कर हो भने देशभरी जानु पर्दैन? पहुँचवाला नेता र उसका आसेपासे कार्यकर्ता र मन्त्रीहरूको निजी पैसा जस्तो हुने, सीमित ठाउँमा हुने, कुनै ठाउँ पूरै खाली हुने स्थिति अन्त्य हुन्छ कि हुँदैन? प्रधानमन्त्रीबाट जवाफ चाहन्छु। प्रधानमन्त्रीले भन्नुभएको थियो– हामी अब संघमा ३ करोडभन्दा घटीको योजना रहँदैन। तपाईंको कुरा चलेको छैन भने तपाईं कुन नैतिकताले त्यहाँ बस्नु हुन्छ? त्यस अर्थ पनि विश्वासको ठूलो खडेरी छ। नेपाली जनतामा विश्वास जगाउन जरुरी छ।’

अध्यक्ष साहले नेपाली जनतामा विश्वासको ठूला खडेरी देखापरेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी काम गर्न सरकारलाई दबाव दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.