|
फाइल तस्वीर

काठमाडौँ : आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरुले जोड दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले घरभाडा समयानुकूल बनाउनुपर्नेलगायत ११ बुँदे मागसहित आन्दोलनरत कर्मचारीका मागबारे सरकारको ध्यानाकर्षण गराए।

बैठकको विशेष समयमा सांसद मायाप्रसाद शर्माले कर्मचारीहरुको माग जायज रहेको उल्लेख गर्दै उनीहरुका मागमा ऐक्यबद्धता जनाए। 

“कार्यालय समयपछि पनि कतिपय कर्मचारीले काम गर्नुपर्ने भएकाले उहाँहरुलाई अतिरिक्त सेवा सुविधा उपलब्ध गराउनुपर्छ”, उनले भने, “कर्मचारीहरुको तलब वृद्धि हुन सकेन, तलब वृद्धि गर्न सकेमा उहाँहरुलाई थप हौसला मिल्ने छ।”

सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र नरबहादुर विस्टले कर्मचारीको माग सम्बोधन जरुरी रहेको बताए। हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत ३ हजार ५ सय रुपैयाँ पाउँदै आएका छन्। 

राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीका लागि प्रतिमहिना ३ हजार रुपैयाँ आवास भत्ता तोकिएको छ। आन्दोलनरत कर्मचारीले राखेको ११ बुँदे मागको पहिलो बुँदामा घरभाडा वृद्धि गर्नुपर्ने उल्लेख छ। 

सङ्घीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ मा रहेको यो व्यवस्था पुनरवलोकन हुनुपर्ने उनीहरुको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.