|

काठमाडौं : चिकित्सा शिक्षा आयोगले झापामा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।

 मेडिकल व्यवसायी दुर्गा प्रसाई्ं सञ्चालक रहेको सो अस्पताललाई मंगलबार बसेको आयोगको १४औं बैठकले सम्बन्धन दिने निर्णय गरेको हो।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता बालुवाटारमा बैठक बसेको थियो। 

बैठकमा सहभागी एक सदस्यका अनुसार आयोगका अध्यक्ष  तथा प्रधानमन्त्री दाहालले बिएण्डसीका विषयमा अदालतले परमादेश नै दिइसकेकाले उक्त विषयमा ‘इफ बट’ केही नभनी परमादेश अनुसार नै अगाडि बढ्नुपर्ने बताएपछि सोही अनुसार निर्णय भएको हो। प्रधानमन्त्रीको प्रस्तावपछि बहुमत सदस्यले उक्त प्रस्तावलाई पास गरेका हुन्।

सर्वोच्च अदालतले कलेजलाई सम्बन्धन दिन गत चैत १२ गते आदेश जारी गरेको थियो।  न्यायाधीश डाक्टर कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.