|

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमन्त्री चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्न माग गरेका छन्। 

बुधवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै चौधरीले यस्तो बताएका हुन्। उनले नेपाल क्रसर तथा खानी उद्योग महासंघले कानुनी रूपमा दर्ता भएका २०७७ को मापदण्डको कारण नवीकरण नभएका उद्योगीले नवीकरणको माग लिएर आन्दोलन गरिरहेको बताए।

उनले सरकारले आन्दोलनरत उद्योगीहरूको माग तत्काल सम्बोधन गरी उद्योग नवीकरण गर्न माग गरे। उनले क्रसर उद्योगीहरूको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) पार्टी ऐक्यबद्धता रहेको बताए। उनले सरकारले क्रसर उद्योगीहरूको माग सम्बोधन गरी सरकारले लिनुपर्ने कर, दस्तुर र शुल्क लिएर अनुमति दिने निकायले नवीकरण गरी सञ्चालनका लागि २०८० माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरे।

उनले गृह मन्त्रालयको रेकर्डअनुसार वैध तथा अवैध गरी १ हजार २८१ वटा क्रसर उद्योग सञ्चालनमा रहेको र ७ सय क्रसर उद्योग साना तथा घरेलु उद्योगमा दर्ता रहेको बताए। उनले क्रसर उद्योगमा ५० हजार श्रमिकहरूले रोजगारीमा पाएको भन्दै सरकारले उद्योग नवीकरण नगर्दा ५० हजार श्रमिकको रोजगार गुम्ने खतरा बढेको बताए।

चौधरीले भने, ‘नेपाल क्रसर तथा खानी उद्योग महासंघले कानुनी रूपमा दर्ता भएका २०७७ को मापदण्डको कारण नवीकरण नभएका उद्योगीहरू नवीकरणको माग लिएर आन्दोलनरत छन्। उहाँहरूको आन्दोलनमा नेकपा एकीकृत समाजवादी पार्टी ऐक्यबद्धता जनाउँछ। नेपाल सरकारले उहाँहरूको माग सम्बोधन गरी सरकारले लिनुपर्ने कर,दस्तुर र शुल्क लिएर अनुमति दिने निकायले नवीकरण गरी सञ्चालनका लागि २०८० माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन संसद् मार्फत निर्देशन गर्न माग गर्दछु।’

उनले सरकारले आवश्यक नीति बनाएर क्रसर उद्योगीहरूको माग सम्बोधन गर्न आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.