|
फाइल तस्वीर

वीरगञ्ज : पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर ४ सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ।

सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी ४८९ वटा सीमास्तम्भमध्ये ३९९ वटाको रङरोगन तथा मर्मतसम्भार गरेको हो।

१३ नम्बर गणका गणपति राधेश्याम धिमालले नापी कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार जारीरहेको बताए।

“पर्सामा २१ वटा मुख्य सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १९ वटाको भइसकेको छ”, उनले भने, “बाँकी २ सीमास्तम्भको पनि कानुनी प्रक्रिया पूरा गरेर अघि बढाउनेछौँ।” 

प्रहरी बलले १३ वटा सहायक सीमास्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १२ वटाको गरिसकेको छ।

४५५ वटा साना सीमास्तम्भको रङरोगन र मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म ३६८ वटाको मर्मतसम्भार भइसकेको छ भने ८७ वटाको मात्रै रङरोगन र मर्मतसम्भार गर्न बाँकी छ। 

पर्सामा मुख्य, सहायक र साना गरी कुल ९० वटा सीमास्तम्भ मर्मतसम्भार गर्न बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.