|

काठमाडौं : टी-२० विश्वकप क्रिकेटको सुपर ८ मा बिहीबार भारत र अफगानिस्तान भिड्दैछन्।

खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे बारबाडोसमा हुनेछ। दुवै टिम सुपर ओभरको पहिलो खेल खेल्न लागेका हुन्।

जारी टी-२० विश्वकपमा भारत अपराजित छ। अफगानिस्तान भने पछिल्लो खेलमा वेष्टइण्डिजसँग पराजित भएको थियो।

विश्वकपमा भारतलाई अहिलेसम्म अफगानिस्तानले हराउन सकेको छैन। विश्वकपमा हालसम्म ३ पटक आमनेसामने भएकोमा सबै खेल भारतले जितेको छ।

हालसम्म दुई टीमबीच भएका ८ वटा टी-२० खेलमा पनि भारतले ६ खेल जितेको छ भने एक खेल बराबरी हुँदा एक खेल रद्द भएको थियो।  त्यसैले आज अफगानिस्तानसामु भारतलाई हराएर इतिहास रच्ने अवसर छ।

टी-२० आईको इतिहासमा भारत र अफगानिस्तानले पहिलोपटक दुई वटा सुपर ओभर खेलेको रेकर्ड छ।

अफगानिस्तानको भारत भ्रमणका क्रममा बैंग्लोरमा भएको खेल डबल सुपर ओभरमा पुगेको हो। पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाउँदा भारतले पनि समान रन बनाएपछि खेलको निर्णय डबल सुपरओभरमा पुगेको थियो। दोस्रो सुपर ओभरमा भारतले २ विकेट गुमाएर ११ रन जोड्यो।

अफगानिस्तानले २ विकेट गुमाएर १ रन मात्र बनाएपछि खेल भारतले जितेको थियो। त्यसैले दुई देशबीच आजको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.