|

काठमाडौँ : पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टीयू सेन्ट्रल क्याम्पसका विद्यार्थीले इन्टर्नशिप गर्दा न्यूनतम पारिश्रमिक पाउने भएका छन्।

बिहीवार क्याम्पसमा एक कार्यक्रमबीच ६ वटा विभिन्न कन्स्ट्रक्शन र एयरलाइन्स कम्पनीहरुसँग विद्यार्थीहरुका लागि इन्टर्नशिपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सम्झौता भएको हो। 

नेपाली कांग्रेसनिकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पहलमा तीनवटा कलेजमा पाइलट प्रोजेक्टमा रुपमा अघि बढाइएको नेविसंघका सभापति दुजाङ शेर्पाले बताए। 

उनले व्यवस्था परिवर्तन भए पनि विद्यालय र विश्वविद्यालय परिवर्तन गर्न नसकिएको अवस्थामा नेविसंघको पहलमा पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टीयू सेन्टर क्याम्पसलाई पाइलट प्रोजेक्टको रुपमा इन्टर्नशिपमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सम्झौता गरिएको बताए। 

उनले इन्टर्नशिप गर्दा न्यूनतम पारिश्रमिक दिने अभियान विस्तारै देशव्यापी रुपमा नै अघि बढाउने योजना रहेको बताए।

‘व्यवस्था परिवर्तन भयो‚ अब विद्यालय र विश्वविद्यालय परिवर्तन गर्नुपर्छ‚ सुधार ल्याउनुपर्छ भनेर नेविसंघले अर्जुनदृष्टिका साथ इन्टर्नशिप र आन्टर्नपिनरशिपमा फोकस भएका छौँ‚’ उनले भने,  ‘तीनवटा कलेजलाई पाइलट प्रोजेक्टको रुपमा त्यहाँका विद्यार्थीलाई इन्टर्नशिपसँग जोड्ने भनेर पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस र टीयू सेन्ट्रल क्याम्पसलाई पाइलट प्रोजेक्टको रुपमा लिएका छौँ।’

पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्यले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत इन्जिनियरिङमा अध्ययन विद्यार्थीहरुका लागि इन्टर्न गर्नुपर्ने अनिवार्य प्रावधान रहेको र इन्टर्नशिपका लागि न्यूनतम पारिश्रमिक दिनुले विद्यार्थीलाई राम्रो हुने बताए। 

उनले इन्टर्नशिपका लागि विभिन्न कम्पनीले चासो देखाइरहेको पनि बताए। उनले बिना पैसामा इन्टर्नशिप गर्नेभन्दा न्यूनतम पारिश्रमिक दिइनु विद्यार्थीका लागि राम्रो हुने बताए।

‘आज जुन एमओयू भएको छ, यसमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत इन्जिनियरिङमा अध्ययन विद्यार्थीका लागि इन्टर्न गर्नुपर्ने कम्पलसरी छ‚’ उनले भने, ‘त्यसका लागि विभिन्न कम्पनीले चासो देखाउनुभएको छ। त्यत्तिकै काम गराउने नभइ मिनिमम स्यालरी दिन सहमत भएर आउनुभएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.